ताजा समाचार

अन्ततः प्रधानमन्त्री देउवाले फागुन ६ गते राजीनामा दिने, के साईत जुरेकै हो ?

काठमाडौं, २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजीनामा दिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा दिने तयारी गरेको देउवा निकट स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजीनामा फागुन ६ गते आउने छ ।
कानुन मन्त्री यज्ञ बहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताए ।

‘यो चुनावी सरकार हो, चुनावको नतिजा आएको भोलिपल्ट नै प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ’ मन्त्री थापाले भने ।प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजीनामा नदिएको भन्दै आलोचना हुदै आएको छ । विशेषगरी नेकपा एमाले र माओवादी केन्द्रको देउवाको राजीनामाको माग जोडदारसँग उठाईरहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org