ताजा समाचार

प्रतिनिधिसभा समानुपातिकको सीट बाँडफाँड आज, दलहरुले कम्तिमा ८४ महिलाको नाम पठाउनुपर्ने

काठमाडौं, २६ माघ । निर्वाचन आयोगले आज प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट गर्ने भएको छ । प्रतिनिधिसभा सदस्यको चुनावबाट प्राप्त मत परिणाम अनुसार सीट संख्या शुक्रबार घोषणा गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

शुक्रबार सीट बाँडफाँड गरी राजनीतिक दलहरुलाई नाम सिफारिस गर्न तीन दिनको समय दिइनेछ । राजनीतिक दलले आउँदो सोमबारसम्ममा नाम पठाइसक्नुपर्ने र त्यसपछि दुई दिन नाम सच्याउने समय दिएर विजयीको नाम प्रकाशन गरिने प्रवक्ता ढकालले बताए । संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यहि अनुसार नाम सिफारिस गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

जसअनुसार कम्तिमा ८४ जना महिलाको नाम दलहरुले पठाउनैपर्ने छ । बन्दसूचीमा एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र संघीय समाजबादी फोरमले ५ जना महिलाको नाम पठाउनैपर्ने आयोगले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org