ताजा समाचार

कांग्रेसले पारित गर्‍यो ‘प्रदेशसभा संसदीय दलको विधान २०७४’

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले प्रदेशसभा कांग्रेस संसदीय दलको विधान पारित गरेको हो ।

संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय सदस्य उपस्थित थियो।

नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान आवश्यक भएकाले तत्काल पारित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ।

कांग्रेसले माघ १८ गते केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गठन गरेको थियो। संयोजक डा. रिजालले मस्यौदा प्रस्तुत गरेपछि विधान पारित गरेको हो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org