ताजा समाचार

चितवनबाटै प्रचण्डले एमालेलाई दिए यस्तो चेतावनी, ‘अर्को फड्को हान्न बेर मान्दिनँ’

चितवन, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको हितका लागि आफु जस्तोसुकै भूमिका खेल्न पनि तयार रहेको बताएका छन् । चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीति संकटबाट देशलाई निकास दिन मियोकारुपमा भूमिका खेल्दै आएको बताएका हुन् । एमालेसँग पार्टी एकताको तयारीमा रहेको बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

पार्टी एकता र नयाँ सरकार गठनका विषयमा एमाले र माओवादीबीच मतभेद रहेका बेला प्रचण्डको उक्त भनाईले राजनीतिक बृतमा निकै महत्व दिएको छ । राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै अध्यक्ष प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए ।

‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु ।’ अध्यक्षले भन्नुभयो, ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु’

प्रचण्ड भनेकै अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने भएको उनको तर्क छ । बाल्मिकी पहिला डाँका रहेको र बुद्ध धर्मलाई स्थापित गर्ने राजा अशोक पनि युद्ध कमाण्डर भएको उनले स्मरण गरे । आफ्नो स्थिति पनि अरु पार्टी र नेताहरु भन्दा भिन्न रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, फरक हुनुमा मलाई गर्व छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org