ताजा समाचार

माथिल्लो कर्णाली जलविद्युत निर्माण कम्पनीको अफिसमा बम बिस्फोट, विप्लवमाथि आशंका

दैलेख, २८ माघ । दैलेखमा निर्माणाधिन माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण कम्पनी जिएमआरको साइट अफिसमा बम विस्फोट भएको छ । निर्माण कम्पनीको अफिसमा शनिवार राति दुई वटा बम विस्फोट भएको प्रहरीले जनाएको विस्फोटबाट एउटा कोठामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले विष्फोट नभएको अर्को बम पनि भेटिएको प्रहरीले जनाएको छ ।विगतमा पनि विप्लव माओवादीको समूहले बम विष्फोट गराइरहेकाले घटना विप्लव माओवादीले गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org