ताजा समाचार

प्रचण्डलार्इ एमाले सचिव योगेश भट्टराई दिए यस्तो जवाफ

काठमाडौं, २८ माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति प्रति एमाले नेताले असन्तुष्टि जनाएका छन् । शनिवार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले अर्को फड्को हान्न बेर लाउँदिन भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले राजनीतिक बृतमा चर्चा परिचर्चा चलिरहेको छ ।

प्रचण्डको अभिव्यक्तिप्रति एमाले सचिव योगेश भट्टराईले व्यंगात्मक आलोचना गरेका छन् । भट्टराईले अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल हुनुपर्ने चेतावनी पनि दिएका छन् । ‘अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल पनि त हुन सकिन्छ नि कि कसो कमरेड ? फड्को, छलाङ, क्रमभंग, महाबिपत्ति जस्ता शब्दहरू उपन्यासकारतिर पन्छाइदिए राम्रो होला कि ?’ योगेशले ट्विटरमा लेखेका छन् ।

प्रचण्डले राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको भन्दै ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म अर्को फड्को मार्न सक्छु । मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org