ताजा समाचार

राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री देउवाको तयारी, आजै राजीनामा आउन सक्ने

काठमाडौं, २८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।देउवाले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् । निर्वाचन मार्फत बाम गठबन्धनले बहुमत प्राप्त गरेको अवस्था र राष्ट्रिय सभाको निर्वाचन समेत सम्पन्न भइसकेपछि उनले राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको जनाईएको छ ।

प्रधानमन्त्रीको सम्बोधनको मस्यौदा तयार भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको अन्तिम मतपरिणाम समेत सार्वजनिक गरिसकेको छ । मत परिणाम सार्वजनिक भएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ । अहिले धमाधम बाम गठबन्धनको सरकार बन्न थालेपछि देउवाले राजिनामा दिने तयारी गरेका हुन् । सात वटै प्रदेशमा प्रधानमन्त्रीको दल कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ ।

जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले ८ महिने कार्यकालमा संविधान कार्यान्वनको ऐतिहासिक जिम्मेवारी पुरा गरेका छन् । उनले स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचन, मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन र माघ २४ मा राष्ट्रियसभाको निर्वाचन समेत सफलतापूर्वक सम्पन्न गराए । तर आफ्नै नेतृत्वमा भएको निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि उनको सर्वत्र आलोचना मात्र भएको छैन, नेतृत्वबाट हट्नुपर्ने पार्टीभित्रैबाट आवाज उठिरहेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org