ताजा समाचार

देउवालाई दिन अखिल क्रान्तिकारीले चलायो १ रुपैयाँ चन्दा अभियान

काठमाडौं, २८ माघ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले वर्तमान सरकारको लागि भन्दै १ रुपैयाँ संकलन अभियान शुरु गरेको छ । शेरवहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउँदै अखिल क्रान्तिकारीले ब्यङ्ग्य स्वरुप १ रुपैयाँ संकलन अभियान शुरु गरेको हो ।

क्रान्तिकारीले उपत्यका लगायत देशका सवै प्रमुख शहरहरुमा रु १ का दरले चन्दा संकलन गरि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री देउवालाई बुझाउने कार्यक्रम तय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।

बस्नेतले भने, ‘प्रधानमन्त्रीलाई आफ्ना दलका कार्यकर्ता भरणपोषण गर्न जति गरे पनि पुगेन।त्यसैले हामीले उहाँलाई चन्दा संकलन गरिदिन लागेका हौं। ‘देउवाले हदैसम्म बम्हलुट गर्न थालेपछि सांकेतिक विरोध र भण्डाफोर अभियान चलाउन वाध्य भएको बस्नेतले दावी गरे। प्रधानमन्त्री देउवालाई रु १ अभियान आजवाटै उपत्यकाका कलेजहरुवाट शुरु भएको छ। यो अभियान देशैभर चल्ने क्रान्तिकारीले जनाएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org