ताजा समाचार

काठमाडौंको लैनचोरबाट गैंडाको खागसहित २ सैनिकसहित ३ जना पक्राउ

काठमाडौं, २८ माघ । गैंडाको खागसहित नेपाली सेनका दुई जनासहित ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरबाट गैंडाको दुई थान खाग लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नेपाली सेनामा कार्यरत गोरखा सिरानचोक गाउँपालिका २ का ३३ वर्षीय हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका ९ का २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो । उनीहरुसँगै पक्राउ परेका अर्का व्यक्ति गोरखा सिरानचोक २ का ३८ वर्षीय डिलबहादुर ढकाल रहेका छन् ।

हरिबहादुर र कृष्णबहादुरले नेपाली सेनाको परिचयपत्र देखाएपछि उनीहरुलाई कारबाहीका लागि जंगी अड्डामा पठाएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए । प्रहरीले डिलबहादुरलाई भने कारबाहीका लागि आइतबार जिल्ला वन कार्यालयमा बुझाएको छ । उनीहरुबाट बरामद खाग एटा ११८० ग्राम छ भने अर्को ६४० ग्रामको रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org