ताजा समाचार

प्रदेश १ को सभामुखमा एमालेका प्रदिप भण्डारी सर्वसम्मत

विराटनगर, २८ माघ । प्रदेश १ को सभामुखमा प्रदिप भण्डारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । एमाले संसदीय दलको बैठकले भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको हो । चर्चामा धेरै जना भएपनि संसदीय दलको बैठकले भण्डारीलाई चयन गरेको नेकपा एमाले १ नम्बर प्रदेश संयोजक भीम आचार्यले जानकारी दिए ।

कुल ५१ जना सांसद रहेको एमालेका पाँचजना सदस्यले सभामुख बन्नको लागि इच्छा देखाएका थिए । यो प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेले पाउने माओवादीसँग सहमति भएको थियो । त्यसै अनुसार एमालेले मुख्यमन्त्रीका लागि शेरधन राइलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org