ताजा समाचार

एमालेले समानुपातिक सांसद्को नाम छान्यो, को-को परे हेर्नुहोस् सूचीसहित

काठमाडौं, २८ माघ । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले समानुपातिक सांसद् छनोट गरेको हो । पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको छ ।

एमालेले आयोगलाई पठाएको नामावलीको पहिलो नम्बरमा मुकुन्द न्यौपाने रहेका छन् । त्यस्तै अन्तिम ४१ औं नम्बरमा भने समिना हुसेनको नाम रहेको छ । एमालेबाट पुरुषतर्फ चारजना परेका छन् भने ३७ जना महिला परेका छन् ।

समानुपातिकमा एमालेबाट यसअघि थरुहट पार्टीबाट सभासद बनेकी गंगा चौधरी सतगौंवा पनि परेकी छन् । त्यस्तै अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमारी झाँक्री, वर्तमान अध्यक्ष नविना लामा पनि समानुपातिकबाट सांसद बन्न सफल भएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org