ताजा समाचार

५६ लाख नगद र २० लाख बराबरको चेकसहित ४ हुन्डी कारोबारी पक्राउ

वीरगञ्ज, २८ माघ । ५६ लाख नेपाली रुपैयाँसहित ४ हुन्डी कारोबारी पक्राउ परेका छन् । प्रहरीले वीरगंज लिंक रोडस्थित दक्षिण अटो पार्टस्मा आज विहान ११ बजे छापा हानी हुन्डी गिरोहका मुख्य कारोबारीसहित ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रक्सौलका बासिन्दा तथा मुख्य कारोबारी रितेशकुमार गुप्ता, घरधनी राजेश रौनियार तथा हन्डी कारोबार गिरोहको पसलमा काम गर्ने कुमालटोल वीरगंजका विमित अग्रवाल तथा मनोज पटेल रहेका छन्।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा डिएसपी राजनकुमार लिम्बुले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ५५ लाख ६४ हजार नगद बरामद गरेको छ । साथै उनीहरुको साथबाट दुई बोरा कागजपत्रहरु, मोबाईल ६ थान बरामद गरेको छ ।

त्यस्तै विभिन्न व्यक्तिले दिएको २० लाख जतिको चेक समेत बरामद भएको छ । प्रहरी टोली सेवाग्राहीका रुपमा पुगेको मुम्बईको गंगाराम अस्पतालमा भर्ना भएको विरामीलाई रकम पठाउनुछ भन्दै हुण्डी कारोबारीसम्म पुगेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org