ताजा समाचार

रक्सी पिएर श्रीमती कुट्ने श्रीमानलाई सिस्नोपानी र केश मुण्डन

गुल्मी, २ फागुन । गुल्मीमा रक्सी पिएर श्रीमती कुट्ने एक पुरुषलाई सिस्नोपानी र केश मुण्डन गराईएको छ । गुल्मी दरवार गाउँपालिका वडा नम्वर १ , वलिथुम निवासी ईस्वरी भण्डारीलाई जाँडरक्सी सेवन गरी श्रीमती कुटपिट गरेको भन्दै स्थानीय महिला समुहले बाँधेर गाउँ डुलाउँदै केश मुण्डन र सिस्नोपानी लगाएर सजाय दिएका हुन् ।

उनकी श्रीमती ईन्द्रकला भण्डारीले महिला समुह गुहारेपछि गाउँका महिलाहरु जुटेर भण्डारीलाई डोरीले बाँधेर गाउँ डुलाउदै कारवाही गर्दा पनि भण्डारीले मदिरा सेवन गर्न नछाड्ने अडान लिएका थिए ।

उनकी श्रीमति इन्द्रकलाले रातदिन रक्सी खाँदै कुटेर ज्यान जोगाउन मुस्कील भएपछि महिला समुह गुहारेको बताइन् । एक सन्तानकी आमा ईन्द्रकलाले आफुले मजदुरी गरेर खान समेत नदिने तथा कुटपीट गर्ने गरेको गुनासो गरिन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org