ताजा समाचार

ओलीको सपथमा पुगेका लालबाबु पण्डित आफैं मन्त्री, ओलीले दिए सरप्राइज

काठमाडौं, ३ फागुन । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी ओलीले सरप्राईज दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीको सपथ ग्रहण समारोहमा सहभागी भएका पण्डितलाई नै मन्त्री बनाएर ओलीले सरप्राईज दिएका हुन् ।

पण्डितलाई आफु मन्त्री बन्ने कुरा त ओलीको सपथ समारोहमा जान भनेर घरबाट हिँडेपछि मात्रै थाहा पाएका थिए । पण्डितले भने, ‘म सपथ ग्रहण समारोहमा जान भनेर तयार हुँदै थिए । त्यही बेला फोन मार्फ तपाई मन्त्री बन्दै हुनुहुन्छ भनेर जानकारी दिईयो ।’

मन्त्री बन्ने थाहा पाएपछि पनि कुुन मन्त्रालयको जिम्मेवारी दिईन लागेको भन्ने जानकारी पाएनन् । सपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिवले भनेपछि मात्रै वातावरण मन्त्री बन्न लागेको थाहा पाएको बताए । प्रधानमन्त्री ओलीले पण्डितलाई मात्रै नभएर अर्की महिला तथा बालबालिका मन्त्रीमा नियुक्त भएकी थममाया थापालाई समेत सरप्राईज दिए ।

प्रधानमन्त्री ओली आफ्नो सपथलगत्तै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा थिए । मन्त्रीको सम्भावित नाममा एमाले महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीको चर्चा थियो । तर पण्डित र थापालाई मन्त्री बनाएर ओलीले सबैलाई सरप्राईज दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org