ताजा समाचार

‘विकास र व्यापारबीच सन्तुलन आवश्यक’

काठमाडौँ, १८ फागुन  । परराष्ट्र सचिव शंकरदास बैरागीले आज विश्व व्यापार संगठनका महानिर्देशक रोबेर्टो आजेभेदोलाई जेनेभामा भेटेर विकास र व्यापारबीच उपयुक्त सन्तुलन हुनुपर्नेमा जोड दिँदै विश्व व्यापार प्रणालीबाट संसारका सबै देश लाभान्वित हुनुपर्ने बताउनुभयो । 

सचिव बैरागीले अतिकम विकसित देशलाई पद्धतिगत रुपमा नै सहयोग एवं समर्थन हुनुपर्ने बताउँदै उनीहरुको क्षमतागत कमजोरीलाई दृष्टिगत गर्दै संगठनले गरेका विशेष प्रावधानको कार्यान्वयनमा महानिर्देशकको ध्यानाकर्षण गराउनुभएको संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

नायब मानवअधिकार उच्चायुक्त केट गिलमोरलाई आजै भेटेर सचिव बैरागीले मानवअधिकार संरक्षणमा नेपालले हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै राष्ट्रसंघीय मानवअधिकार संयन्त्रसँग रचनात्मक सहकार्य गरिरहेको बताउनुभयो ।  (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org