ताजा समाचार

प्रदेश नं ५ मा संसदीय दलको नेता छान्न चुनाव गराउने : कांग्रेस

काठमाडौं,२० फागुन । कांग्रेसले प्रदेश नं ५ मा संसदीय दलको नेता छान्नको लागि चुनाव गराउने भएको । संसदीय दलको नेतामा सहमति नजुटेपछि चुनाव गर्न लागिएको हो ।

सहमतिका आधारमा काग्रेसले प्रदेश नं ५ को संसदीय दलको नेता चयन गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई खटाएको थियो । खाणको प्रयास पनि असफल भएपछि चुनाव हुन लागेको हो ।

निर्वाचन गराउनका लागि कांग्रसले अधिवक्ता डा। बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिले मनोनयनका लागि दिएको समयसीमामा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन ६ गतेका लागि तय भएको निर्वाचनमा ५ जनाले उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिका अनुसार, प्रदेश सांसदहरु वलदेव शर्मा पोखरेल, वीरबहादुर राना, वीरेन्द्र कनोडिया, फकरुद्धिन खां र डिल्ली चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराएका प्रदेश सांसदहरुको निर्वाचन फागुन २६ गते ११ बजे हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org