ताजा समाचार

कांग्रेसलाई भित्री आँखाले हेर्न आग्रह : विद्या भण्डारी

काठमाडौं,२३ फागुन। दुई वर्षै कार्यकालमा आफूले राम्रो काम गरेर प्रश्न प्रश्न उठाउने ठाउँ नदिएको बताएकी छन् ।

दोस्रो कार्यकालका लागि राष्ट्रपतीको उम्मेदवारी दर्ता गर्न गएकी भण्डारीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै संक्रमणकालमा राष्ट्रिय हितलाई ध्यानमा राखेर भूमिका खेलेको बताइन् । संविधान कार्यान्वयनमा पनि आफ्नो भूमिका आवश्यक देखेर उम्मेदवारी दिएको भन्दै उनले सबैले सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।

कांग्रेसले अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लगाएको  प्रश्नमा उनले भनिन्, कसले के आरोप लगायो म त्यतातिर जान्नँ । तर,  मेरो भूमिकालाई बाहिरी आँखाले मात्र होइन, भित्री आँखाले पनि हेर्न कांग्रेसलाई आग्रह गर्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org