ताजा समाचार

महिला हिंसा रोक्न कडा कानून बनाइने : मुख्यमन्त्री राउत

जनकपुर,२४ फागुन। महिला दिवसको शुभकामना दिदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिला हिंसा रोक्न कडा कानून बनाउने तयारी गरेको बताएका छन् ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले महिला हिंसा अन्त्य गर्नका लागि निकट भविष्यमै कडा कानून निर्माण गर्ने बताएका छन् ।

प्रदेश सरकारले महिलाहरुको समाजिक सुरक्षाको प्रत्याभूति र बालबालिकाको शिक्षाका लागि सरकारले विशेष प्याकेज ल्याउने समेत बताएका छन्

मुख्यमन्त्री राउतले महिलाहरुले पाउँदै गएको सफलतालाई संस्थागत गर्दै आगामी दिनमा पनि महिलाहरुको सशक्तिकरण, रोजगारी र शिक्षामा प्राथमिकता प्रदेश सरकार दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org