ताजा समाचार

विद्या र पासाङलाई दोहोर्‍याउने ओली-प्रचण्डवीच सहमति

 

 

काठमाडौं,२४ फागुन।प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचन्डने संक्रमणकालका राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान कार्यान्वयनको चरणमा पुनः दोहोर्‍याउने सहमति नै भइसकेको एक माओवादी नेताले बताएका छन् ।

राष्ट्रपति उम्मेदवार चयनका सन्दर्भमा एमाले स्थायी समिति बैठकमा भएको विवाद बाहिर आएपछि माओवादीभित्र पनि यसबारे चर्चा भएको हो ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दवहादुुर पुनलाई नै दोहोर्‍याउने भद्र सहमति एमाले अध्यक्ष ओली र आफूवीच भएको नेताहरुलाई जानकारी दिएका छन् । सोही सहमति अनुसार नै माओवादीले उपराष्ट्रपतिमा नन्दवहादुर पुनलाई नै उम्मेदवार बनाउने भएको छ ।

माओवादी नेता वर्षमान पुनका अनुसार छोटो समयमा राष्ट्रपति र उपराष्ट्रपति जस्ता पदमा फेरबदल गरिरहनु उचित नहुने र राज्यकोषमा पनि भार थपिने भएकाले संक्रमणकालका दुवैजनालाई दोहोर्‍याउने सहमति भएको हो ।

माओवादीबाट उपराष्ट्रपतिमा अमिक शेरचनले पनि इच्छा देखाएका थिए । तर, विद्या भण्डारीको उम्मेदवारीसँगै नन्दवहादुर पुन दोहोरिने निश्चित भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org