ताजा समाचार

प्रधानमन्त्रीले भने–अबको ५ वर्ष असाधारण हुनेछ

काठमाडौं,२४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ५ वर्षमा नेपालको लागि असाधारण हुने बताएका छन् । अब नेपालमा आर्थिक सम्बृद्धिको युग शुरु भएको भन्दै ओलीले आउँदो ५ वर्ष विकासका सन्दर्भमा असाधारण हुने बताएका हुन् ।

उद्योग वाणिज्य महासंघद्वारा बिहीबार आयोजित एक कार्यक्रमा ओलीले भने, ‘आउँदो आधा दशक नेपालमा विकास,सफलता,परिवर्तन र उपलव्धीको समय हुनेछ र असाधारण काम हुनेछन् ।’

आफूले नेतृत्व गरिरहेको वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नरहेको भन्दै आएका ओलीले अब सरकारले गर्ने काम असाधारण हुने बताए ।

ओलीले भ्रष्टाचार, ढिलासुस्ति र बहानाबाजीहरुलाई कुनै हालतमा छुट नदिईने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org