देश र जनताको अहितमा कुनै काम गर्दिन ः प्रम ओली
काठमाण्डौ २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चाको ज्ञापन पत्र आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय,देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सरकारले सम्मानीत जीवन ज्यून पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउछ, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।’
सामाजिक विद्वेश भड्काउने,घृणाको खेती गर्ने,द्वन्द्वको मच्चाउने र द्वन्द्व व्यवस्थापनको खेती गर्ने तत्वहरुसँग सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । ‘नेपाल कसैको खेलमैदान होइन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब यहाँ सद्ध्भावमा आधारित लोकतन्त्र स्थापित हुन्छ ।’
प्रधानमन्त्री ओलीले यसपालीको निर्वाचनमा जनताले स्थीरता र स्थायीत्वका लागि मतदान गरेको बताउदै जनमतको कदर गर्न आफू सचेत रहेको बताउनुभएको छ । ज्ञापन पत्र लिएर आएको सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘केही बर्षपछि यस्ता ज्ञापन पत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...