ताजा समाचार

भ्यानको ठक्करबाट मृत्यु

सुर्खेत, २७ फागुन ।  भेरीगंगा नगरपालिका–१२ मसिनामा पिकअप भ्यानको ठक्करबाट आज ५२ वर्षीय भूपेन्द्र खत्रीको मृत्यु भएको छ ।

सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको लु१च ५७६० नंको भ्यानले पैदल हिँडिरहेका खत्रीलाई आज बिहान ठक्कर दिई घाइते भएकामा उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छिन्चुमा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिनुभयो ।

ठक्कर दिने भ्यानका चालक रुपन्देही जिल्ला सैनामैना नगरपालिका निवासी २९ वर्षीय उमेश पन्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org