ताजा समाचार

एन्ड्रिया बनिन् विश्वकै उत्कृष्ट शिक्षिका : विश्वकै ४० औँ मा परे नेपाली शिक्षक विनोद

लन्डनकी एक महिला शिक्षक विश्वकै उत्कृष्ट घोषित भएकी छन् । उनले १० लाख अमेरिकी डलर अर्थात् करिब १० करोड रुपैयाँ पुरस्कार पाइन् । दुबईमा आयोजित भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइजमा लन्डनको अल्पर्टोन सामुदायिक स्कुलमा आर्ट्स र टेक्सटाइल्स पढाउने एन्ड्रिया जाफिराकोउ उत्कृष्ट घोषित भइन् ।

विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा नेपालका विनोद शाही पनि अटाएका छन् । शाही माथिल्लो डोल्पास्थित श्री यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक हुन् ।

को हुन् एन्ड्रिया

एन्ड्रिया लन्डनको भित्री शहर ब्रेन्टमा रहेको अल्पर्टन सामुदायिक स्कुलमा पढाउँछिन् ।

यो सजिलो काम होइन । ब्रेन्ट मिश्रित जातजातिको जनसंख्या रहेको ठाउँ हो । यहाँका स्कुलहरुमा मात्रै १ सय ३० भाषा बोलिन्छन् । यसमा विद्यार्थीहरु ब्रिटेनका गरिब परिवारबाट आएका छन् ।

स्कुलमा आउँदा विद्यार्थीहरुको ज्ञान र सीप न्यून हुन्छन् । उनीहरु एकअर्कासँग घुलमिल हुन पनि समय लाग्छ । त्यसैले शिक्षकको काम झन् कठिन हुन्छ । तर एन्ड्रियाले सबै प्रतिकुलताहरुलाई चिरिन् । आर्ट र टेक्स्टाइल शिक्षिकाको रुपमा उनले विद्यार्थीहरुसँग अत्यन्त नजिक भएर शिक्षण गरिन् । उनले अन्य शिक्षकहरुसँग मिलेर पाठ्यक्रम सुधारसमेत गरिन् ।

उनले अल्पर्टनमा बोलिने ३५ भाषाको आधारभूत ज्ञान लिएकी छन् । उनले विद्यार्थीसँग मात्र नभएर विद्यार्थीका बाबुआमासँग पनि उत्तिकै राम्रो सम्वन्ध कायम राखेकी छिन् ।

उनकै प्रयत्नका कारण अल्पर्टन देशभरका स्कुलहरुमध्ये माथिल्लो श्रेणीमा पर्न सफल भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org