घोडाघोडी नगरपालिका ५ की राधा चाैधरीलाई फागुन २४ गते बोक्सीकाे आरोपमा ६ घण्टासम्म लगातार निर्घात कुटपिट गरिएकाे थियाे । गाउँमा धामीझाँक्रीको काम गर्दै आएका स्थानीय रामबहादुर चौधरीले युवतीलाई बोक्सी लागेको भन्दै कुटपिट गरेका थिए । कक्षा ११ की विद्यार्थी राधालाई उनको घरबाट छ-सात जनाले जबरजस्ती घिसारेर भोलेबाबाको घरमा पुर्याएका थिए ।
पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा नाम गरेका रामबहादुर चौधरी र उनलाई साथ दिने( पार्वती माता ) नाम राखेकी किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।