ताजा समाचार

प्रदेश सभामा विधायन समितिको प्रतिवेदन प्रस्तुत

पोखरा, २७ चैत ।  प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरियो ।

प्रतिवेदन प्रस्तुत गर्दै विधायन समितिका सदस्य सावित्रा रानाले विधेयकमाथि विधायन समितिमा विस्तृत छलफल गरी आवश्यक संशोधनसहित प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो ।

उक्त विधेयकमाथि आगामी बैठकमा छलफल हुनेछ । प्रदेशसभाको अर्को बैठक आगामी चैत ३० गते बिहान ११.०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org