ताजा समाचार

भरतपुरका वडाध्यक्ष भण्डारीमाथि आक्रमण


चितवन २७, चैत । भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नारायणगढको शहिदचोकमा आक्रमण भएको छ ।

भण्डारीले आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले आक्रमण गरेको हो ।

भण्डारीलाई आक्रमणकारीहरुले पछाडिबाट ढुंगाले हिर्काएर उनको गाडीको मोविलसमेत छर्किएका छन् । उनको टाउकोमा चोट लागेको छ । अहिले उनलाई भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

भण्डारीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । भण्डारीमाथि आक्रमण गर्नेको पहिचान भने खुलेकाे छैन । उनीहरुको खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org