ताजा समाचार

परराष्ट्रमन्त्री ज्ञवाली चीन जाने

काठमाडाैं,३० चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली साेमबार चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली तीन दिने भ्रमणका सिलसिलामा सोमबार बेइजिङ जाने भएका छन् ।

ज्ञवालीले भ्रमणका क्रममाचिनियाँ विदेशमन्त्रीसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बेइजिङमा बिभिन्न नेताहरुलाई भेट्ने र चाइनिज थिंक ट्यांकहरुको गोलमेच बैठकलाई ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चाँजोपाँजो मिलाउनेबारे पनि छलफल हुने स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org