ताजा समाचार

सुन व्यवसायीको हत्या गर्न १० लाख ५० हजार रुपैयाँ सुपारी

झापा,४ बैशाख । झापा बिर्तामोडमा सुनकाे व्यवसायी गर्दै अाएका साजन मुखियाको हत्या गर्नका लागि १० लाख ५० हजार रुपैयाँ सुपारी दिइएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

व्यवसायी मुखियाकाे हत्या गराउनका लागि  स्थानीय ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय पारसकुमार देवले दुई जनालाई १० लाख ५० हजार रुपैयाँ सुपारी दिएको अनुसन्धानबाट खुलेको हो ।

साजन मुखियाको दावा नामक ज्वलर्सको दिन प्रतिदिन भएकाे आम्दानीकाे अनुपातमा पारसकुमार देवको साेही अनुपातका व्यापार नभएका कारणले पनि हत्या गराएकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय, झापाले बताएकाे छ ।

हत्या गराउनका लागि देवले  बिर्तामाेड – ३ का २२ वर्षीय राहुल भनिने राजेश शाहलाई  १० लाख रुपैयाँ दिएका थिए । शाह घटनापछि सुनसरीको भन्टाबारी हुँदै भारत भागेका थिए ।

राजेश समातिएलगत्तै  बिर्तामोडका २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरीको पनि पाेल खुलेकाे छ । उनले ५० हजार रुपैयाँ भुक्तानी लिएको खुलेको छ

‘देवले आईएमईबाट पठाएको रकम चौधरीले इटहरीबाट निकालेको भेटिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘उनले ३ लाख रुपैयाँ मागेको भए पनि अरु रकम पछि दिने गरी ५० हजार रुपैयाँको मात्रै कारोबार भएको भेटिएको हो ।’

घटनामा  संलग्न १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमका २३ वर्षीय  चिरञ्जीवी ओलीलाई भने देवले रकम दिएका थिएनन् ।

आफ्नै ज्वलर्स मा काम गर्नेहरुलाई पारसकुमार देवले हत्या गर्न लगाएका थिए । हत्या भइसकेपछि मात्र रकम दिने उनले अाश्वासन दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org