ताजा समाचार

एसिड देखाएर तीन लाख रुपैयाँ लुटियो

 

 काठमाडाैं,११ बैशाख । कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज (आईएमई सेन्टर) मा दुई कर्मचारीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटिएको छ ।

 ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा नदिएमा अनुहार विगारिदिने भन्दै नगद लुटपाट गरिएको प्रहरीले बताएकाे छ ।

लुटपाट गर्ने व्यक्तिको पहिचान खल्न सकेको छैन । फरार लुटेरको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org