राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ ।
नेपाली सेनाको १९ नं बाहिनी अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंहदल गणको संयुक्त आयोजनामा आज १२ किलोमिटरको दौड प्रतियोगिता भएको हो । लिगलिग कोटको राजा दौडबाटै छानिने प्रथाको सम्झना तथा छिल्लीकोट पर्यटकीय क्षेत्रको विकास गर्न प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
दौडमा रणसिंह दल गण दाङमा कार्यरत रामजी बस्नेत पहिलो भएका थिए । उनले ५१ मिनेट ३१ सेकेन्डमा पार गरेका थिए । उनले रु २० हजार प्राप्त गरे । दोस्रो भएका विशालकुमार महतले रु १५ हजार र तेस्रो भएका एकेन्द्र कार्कीलाई रु १० हजार र सान्तवना पुरस्कार खगिसरा रावलले पाए ।
त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले छिल्लीकोट गढीका रुपमा रहेको बताए । उनले यसको ऐतिहासिक दरबार क्षेत्रको उत्खनन् आवश्यक भएको समेत उल्लेख गरे । उनले छिल्लीकोट क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साहसिक खेल जीपलाइन, घरबास सञ्चालनमा आएको र खानेपानी, विद्युत् र सडक पूर्वाधार निर्माणकै चरणमा भएको बताए ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यसप्रकारका प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राखे । तुलसीपुर उपमहानगरपालिका–१९ वडाध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसले छिल्लीकोटको इतिहासलाई परिचित गराउने बताए । छिल्लीकोटमा दुई सय ९३ वर्ष राज गरेको इतिहास छ ।
विसं १५५० देखि छिल्लीकोटमा मेघनाथ शाहले राज्य गरेको र अन्तिम राजा वीरभद्र शाह थिए । यहाँ विसं १८४३ सालसम्म राज्य गरेको ऐतिहासिक तथ्य छन् । विसं १८४३ कात्तिक १९ गते दामोदर पाण्डे, जगतजित पाण्डे, सर्दार प्रबल राना, सुब्बा फौदसिंह खत्रीसहितको टोलीले विनायुद्ध छिल्लीकोट राज्यलाई एकीकरण गरी नेपालमा गाभिएको थियो ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












