ताजा समाचार

नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु

 

 

बैतडी, १२ वैशाख। चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org