मन्त्री ज्ञवालीले भने ःसरकारले अरिङ्गालको गोलामा हात हालेको छ
गुल्मी, १३ वैशाख । संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको समृद्धि र राष्ट्र हितका लागि सरकार जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताएका छन् ।
बिहीबार गुल्मीको रिडीमा कालिगण्डकी कोरिडोर सडकको १० मिटर चौडा पार्ने कामको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
मन्त्री ज्ञवालीले,‘अहिलेको सरकारले जनताको समृद्धि र राष्ट्र हितका लागि अरिङ्गालको गोलामा हात हालिसकेको र केहि अरिङ्गालहरु भुरुङ–भुरुङ गर्न थालेको छन् । ति सवैको सामना गर्न सरकार तयार छ ।’
हालै चीन भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले चीनसँग रेल मार्ग , भारत जोड्ने कालिगण्डकी कोरिडोर लगायतका विकास निमार्णमा सहयोग गर्न समकक्षीसँग आग्रह गरेको बताए । नेपाली सेनाले २०६९ सालबाट सुरु गरेको कालिगण्डकी कोरिडोर सडक खण्ड अन्तरगर्त रिडीदेखि वाग्लुङ्गको सिमना पालुङ्ग खोलासम्म ४२ किलो मिटर औसतमा ८ मिट चौडा सडक सम्पन्न गरिसकेको छ ।
यस्तै वाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोलासम्म ३८ किलोमिटरसहित ८० किलोमिटर र औसत ८ मिटर चौडा सडक सम्पन्न भई जम्मा १ सय ७४ किमी जोमसोमसम्म यातायात सुरु भसकेको छ ।
मन्त्री ज्ञवालीले उक्त सडकमा सेनाले देखाएको सक्रियाप्रति धन्यवाद दिदै कालोपत्रेका लागि सडक विभागलाई बुझाउन आग्रह गरेका छन् । १० मिटर चौडा पार्न वाग्लुङ्गतर्फ २५ करोड र गुल्मीतर्फ ३५ करोड विनियोजित मध्ये गुल्मीतर्फ यस वर्ष १० करोड वरावरको काम सेनाले सम्पन्न गर्ने जनाएको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...