ताजा समाचार

एकसय रुपैयाँमा पढ्न सकिने स्कूल भोजपुरमा

समता फाउण्डेशनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ सुरू हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताए।

विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ। यसअघि आवश्यक प्रक्रिया पुरा नभएको भन्दै भोजपुर नगरपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको थियो। पछिल्लो समय सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनका लागि संस्थापक उत्तम सञ्जेल र विद्यालयका संरक्षक हास्यकलाकार हरिवंश आचार्य बिहिबार भोजपुर आइपुगेका हुन्।

यस विद्यालयले मासिक १०० रुपैयाँमा नै अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ। यहाँ स्थापना हुने स्कूल देशको ७५ औँ स्थानमा परेको छ।रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org