ताजा समाचार

विद्यार्थीले निजी स्कुलको शुल्क घटाउन स्थानीय सरकारलाई गराए ध्यानाकर्षण

काठमाडौं,१४ वैशाख । निजी विद्यालयहरुले मनपरी शुल्क असुलेको भन्दै दवावमूलक कार्यक्रम घोषणा गरेका संयुक्त विद्यार्थी संगठनले स्थानीय तहको ध्यानाकर्षण गराउन थालेका छन् ।

निजी विद्यालयको मनपरी शुल्क नियन्त्रण गर्ने उद्घोष गरेका विद्यार्थी संगठनहरुले दवाव दिन भन्दै शुक्रबार देशैभरका स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पूर्व घोषित कार्यक्रम अनुसार शुक्रबार देशैभरका स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org