प्रधानमन्त्रीले प्रदेश संसदमा सम्बोधन गरेको यो पहिलो पटक हाे । प्रधानमन्त्रीले सबै प्रदेशसभा बैठकमा एकपटक सम्बोधन गर्ने प्रचलन रहेकाले सोहीअनुसार पहिलोपटक प्रदेश ५ को संसदलाई सम्बोधनको कार्यक्रम राखिएको हाे ।
प्रदेश संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । नेपालले काठमाडौं बाहिर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण गर्दैछ।