ताजा समाचार

 उत्तर काेरियाले परमाणु परीक्षणस्थल बन्द गर्ने घोषणा गर्याे

एजेन्सी एएफपी – । उत्तर कोरियाले  परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ ।

शुक्रबार उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको भेटवार्तामा आगामी मे महिनाबाट परमाणु परीक्षण बनद गर्ने घाेषणा गरिएकाे हाे ।

दक्षिण कोरियाका राष्ट्रपति मुनका प्रवक्ताले एएफपीसँग भनेका छन्, ‘किमले शिखर वार्ताको क्रममा मे महिनामा परमाणु परीक्षणस्थल बन्द गर्ने काम हुनेछ ।’

साथै उत्तर कोरियाले आफ्नो ‘टाइम जोन’ पनि परिवर्तन गर्नेछ । हाल उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा फरक छ । अब परिवर्तन गरेर समान बनाउने उत्तर कोरियाको तयारी छ ।

यसअघि उत्तर कोरियाका नेता किम जोङ्ग उनले दक्षिण कोरिया भ्रमणको क्रममा कोरियाली प्रायद्वीपलाई निश्स्त्रीकरण गर्ने सहमति भएको थियो । यो ऐतिहासिक भ्रमणले नयाँ युगको लागि मार्ग प्रशस्त गरेको उत्तर कोरियाले जनाएको छ ।

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनले भनेको छ, ‘ऐतिहासिक वार्ताले राष्ट्रिय एकता, शान्ति र समृद्धिको नयाँ युग सुरु भएको छ ।’

६५ वर्षपछि पहिलोपटक उत्तर कोरियाली नेता उनले दक्षिण कोरियाको भूमिमा पाइला टेकेका थिए । सो क्रममा भएको शिखर वार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘परमाणु मुक्त कोरियाली प्रायद्वीपीको साझा लक्ष्य पूर्णरुपमा परमाणु निसस्त्रीकण गरेपछि मात्र पूरा हुने छ ।’

१९५३ मा कोरियाली प्रायद्वीपमा युद्ध भएपछि उत्तर र दक्षिण कोरियाको रुपमा बिभाजित भएको थियो । उनीहरुबीचको कटुतापूर्ण सम्बन्ध अन्त्यका लागि अमेरिकाले पहल गरेको थियो । अमेरिकी अधिकारी र उत्तर कोरियाका अधिकारीहरुबीच प्रत्यक्ष वार्ता भएको थियो । त्यसलगत्तै उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरियाको भ्रमणमा आएका थिए ।

सो क्रममा दुई देशका नेताहरुले कोरियाली युद्धको स्थायी समाधान शान्तिपूर्ण सन्धीमार्फत गर्ने साझा प्रतिवद्धता जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org