ताजा समाचार

एमाले र नेकपा माओवादीकाे छुट्टाछुटै बैठक, एकतामा देखिएकाे ढीलासुस्ती खाेजिदै

 

 

 

काठमाडाैं,१९ वैशाख । पार्टी एकता प्रक्रिया नजुटेपछि अाज फेरी दुबै पार्टी ( नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ) छुट्टाछुटै बैठक राखेर पार्टी एकतामा देखिएकाे ढीलासुस्तीबारे छलफल गर्दैछन् ।

एमालेले स्थायी कमिटी बैठक बाेलाएकाे  र माओवादी केन्द्रले सचिवालय बैठक बोलाएकाे हाे । छुट्टाछुटै बैठक बाेलाएर दुबै पार्टीले बैठकमा पार्टी एकीकरण प्रक्रिया के कारणले ढिलाे भइरहेकाे छ भन्ने विषयमा छलफल गरिने नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रलकाे बैठक विहान ११ बजेदेखि पेरिसडाँडामा बसिरहेकाे छ भने नेकपा एमालेकाे बैठक भने साँझ ६ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने छ ।

वैशाख ९ गते पार्टी एकताकाे घाेषणा गर्ने भनीएता पनि हालसम्म एकीकरणकाे टुँगाे भने लागिकेकाे छइन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org