ताजा समाचार

साढे ३३ किलाे सुन : ६ प्रहरी अधिकारी सहित २८ पक्राउ , ६२ जनाविरुद्ध मुद्दा दर्ता,एसएसपी दिवेश लाेहनी पक्राउ

 

 

 

काठमाडाैं, १९ वैशाख । माघ महिनाकाे अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन गत फागुन ७ गते त्रिभुवन  विमानस्थलबाट एकाएक गाएब भएपछि तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सुन बाेक्ने भरिया उर्लाबारीका सनम शाक्यकाे गत फागुन १८ गते हत्या गर्याे । शवलाई लुकाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर-३ बाट फागुन १९ गते शाक्यको शव फेला पार्याे । चूडामणि उप्रेती गोरे भने फरार रहे ।

साढे ३३ किलाे सुन कहाँ गयाे र सनमकाे हत्या कस्ले गर्याे भन्नेबारे प्रहरी बेखबर भएपछि  गृहमन्त्रालयले प्रहरी माथिनै अाशँका गरेर सहसचिव ईश्वर पौडेलकाे नेतृत्वमा छानवीन समिति गठन गर्याे । महिना दिनको अनुसन्धानपछि छानबिन समितिले ६ जना  प्रहरी अधिकारी सहित २८ जनालाइ पक्राउ गरि अनुसन्धान थाल्यो । पक्राउ पर्ने अधिकारीमा पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकास खनाल, डिएसपीहरू सञ्जय राउत र प्रजित केसी, सई बालकृष्ण सञ्ज्याल र प्रहरी जवान बिष्णु खडका रहेका थिए ।

त्यसै गरी अनुसन्धानका लागि महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर र राजु महर्जन , मोहन काफ्ले, नरेन्द्र कार्की, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरेलाई पनि मोरङ प्रहरीले हिरासतमा राखेको छ ।

सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित अन्य फरार  ६२  जनाविरुद्ध जिल्ला अदालत मोरङले बुधबार मुद्दा दर्ता गराउने भएकाे छ । पक्राउ पर्नेहरूविरुद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराध गरि तीन प्रकारको मुद्दा दर्ता गर्न लागिएकाे छ। मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित फरार रहेका विरुद्ध पनि मुद्दा दर्ता गरिने उर्लाबारीप्रहरीले बताएकाे छ ।

सुन काण्डकै अर्का अाराेपि अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी केहि समय अघि पक्राउ परेका छन् । तत्कालै पक्राउ परेका एसएसपी दिवेश लाेहनी सहित अहिले सम्म २९ जना पक्राउ परेका छन् भने प्रतिवादीसहित अन्य ६२ जना फरार रहेका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org