महोत्तरी कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दीका कारण समस्या
गौशाला, १ जेठ । महोत्तरी र धनुषाका साथै केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी छन् ।
एक सय पैतिस जनासम्मको कैदी तथा बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा अहिले ४४६ जना कैदी तथा बन्दी रहेको जेलर शोभेन्द्र ठाकुरले बताए । उनका अनुसार आज बिहानसम्म जलेश्वर कारागारमा ३९२ पुरुष, ५२ महिला र दुई आश्रित बालबालिका गरी जम्मा ४४६ जना कैदी तथा बन्दी छन् ।
करीब १५५ वर्ष पहिले १३५ जना कैदी तथा बन्दी राख्ने उद्देश्यले निर्माण गरिएको उक्त कारागारमा आज क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी रहेकाले यहाँ कैदी तथा बन्दीलाई विभिन्न समस्या हुने गरेको जेलर ठाकुरले बताए ।
भित्री कारागार प्रशासनको जिम्मेवारी सम्हाल्ने चौकीदार श्रीनारायण महतोका अनुसार क्षमता भन्दा बढी कैदी तथा बन्दीको चापले उनीहरूलाई सुत्न, बस्न र खाने बेलामा समस्या हुन्छ भने शौचालय, पानी र अन्य विण्भिन्न समस्यासमेत हुने गरेकाले धान्नै मुस्किल भएको छ ।
उनका अनुसार कैदी तथा बन्दी पुरा समय सुत्न नपाउँदा पालो कुर्नुपर्छ भने एक व्यक्तिका लागि १६ इन्च मात्र सुत्ने ठाउँ भएकाले श्वास प्रश्वासमा समस्या हुन्छ । ठाउँ अभावका कारण भित्रको बाटोघाटोमा समेत उनीहरू सुत्नुपर्ने, खाना खाने बेलामा हातमा थाल राखेर खानुपर्नेजस्ता समस्या छन् ।
त्यस्तै शौचालयका लागि आधा–आधा घण्टासम्म पालो कुर्नुपर्ने, नुहाउनका लागि पालो कुर्नुपर्ने र लुगा धुन, खाना पकाउनसमेत निकै कठिनाइको सामना गर्नुपरेको चौकीदार महतोको भनाइ थियो ।
कारागारमा क्षमताभन्दा निकै बढी कैदी तथा बन्दी भएकैले समय समयमा बिरामीका कारण अन्यमा संक्रमण हुने गरेको छ ।
डेढसय वर्ष भन्दा पनि पुरानो भौतिक संरचना रहेको यस कारागार अति जीर्ण भइसकेको तथा जलेश्वर नगरकै सबैभन्दा गहिरो स्थान बन्न पुगेकाले वर्षात्का बेला कारागारको पानी बाहिर ननिस्कने तथा बाहिरका पानीसमेत यसै कारागारमा प्रवेश गर्दा कैदीबन्दीलाई झन बढी संक्रमण हुने गरेको जेल प्रशासनले जनाएको छ ।
कारागारभित्र पुरुषतर्फ १६ वटा र महिलातर्फ चार वटा कोठा रहेको, पुरुषतर्फ नौ र महिलातर्फ दुई गरी ११ वटा शौचालय, छ वटा खानेपानी पाइप र दुई वटा धारा कैदी तथा बन्दीका लागि अप्रयाप्त छ ।
बढी चापका कारण पूर्वाधारको अभावका साथै स्वास्थ्य समस्यासमेत थपिने खतरा बढ्दै गएकाले कैदी तथा बन्दीहरूले उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।
यस सम्बन्धमा कारागार कार्यालयका जेलर ठाकुरले आफू कारागार तथा कैदीबन्दीको सम्पूर्ण समस्याका बारेमा कारागार व्यवस्थापन विभाग लगायतका निकायमा समय समयमा जानकारी गराउनुका साथै व्यवस्थापनका लागि माग गर्दै आएको बताए ।
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...