काठमाडौं, १ वैशाख । राजधानीका कतिपय  स्थानहरुमा दिसापिसाब गर्नकाे लागि शाैचालयकाे अभाव छ । यही अभावलाई मध्यनजनर गर्दै  अब काठमाडौं महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक शौचालय बनाउने भएको छ ।

महानगरपालिकाले  दुई–तीन वर्ष अघि नै याे याजना बनाएकाे हाे ।  लगानीकर्ताको अभावमाका कारण याे याेजना अघि बढ्न नसकेकाे महानगरपालिकाले अहिले भने अाफ्नै लगानिमा ६ स्थानमा  शाैचालय बनाउने लागेकाे छ।

सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्लेका अनुसार बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, बबरमहल, गोंगबु र बसन्तपुरमा रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएका शौचालय राख्न लागिएको छ ।

शाैचालयकाे  डिजाइन तयार भएको छ भने लागतबारे अध्ययन थालिएको छ । ५ लाखमा निर्माण गर्न सकिने यस्तो शौचालय चीनमा निकै प्रचलनमा आएको छ । रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएको यस्तो शौचालय १ सय १० केजी तौलको हुन्छ । यसमा राखिएको पानीको ट्याङ्की १ सय ६० लिटरको हुन्छ भने फोहरको ट्याङ्की क्षमता २ सय ९० लिटरको हुन्छ । यसमा सौर्य उर्जाबाट चल्ने पंखा र बत्ति हुन्छ । साथै पुरुषहरुको लागि छुट्टै युरिनल समेत राखिएको हुन्छ । हात धुने बेसिन, ट्वाइलेट पेपर स्ट्याण्ड र ऐना पनि राखिएको हुन्छ ।

सानो ठाउँमा नै राख्न सकिने भएकाले यो ट्वाइलेट महानगरपालिकाका लागि समेत उपयुक्त देखिन्छ । यस्तो शौचालय सहजै एक ठाउँबाट अर्को ठाउँ स्थानान्तरण गर्न पनि सकिने भएकाले महानगरका लागि उचित हुने काफ्ले बताउँछन् । चिनियाँ मोडलका अत्याधुनिक शौचालय चीनबाटै खरिद गर्ने काठमाडौं महानगरको योजना छ ।

महानगरले विभिन्न बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्थालाई समेत यसमा लगानी गर्न आग्रह नगरेको थियाे  तर अहिलेसम्म कोही तयार नभएपछि महानगरले अाफै  निर्माण गर्ने तयारी गरेकाे छ ।