ताजा समाचार

एकीकृत पार्टी दर्ता आज हुँदै , ४ सय ४१ केन्द्रीय समिति र ४३ जनाको स्थायी समिति हुने

 

काठमाडौं,२ वैशाख । आज बसेको एमाले स्थायी समिति बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषय टुंगो लगाएको छ ।

बिहिबार हुने केन्द्रीय समिति बैठकको पूर्व तयारी र पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डाबारे अध्यक्षहरुको ब्रफिङ सुन्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार एमाले स्थायी समिति बैठक बसेको थियो। बैठकले पार्टी एकताको विषय टुंगो लगाएको हो

स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समितिलाई बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको वान टु वान बैठकको ब्रिफीङ गरेका थिए।

बैठकमा सहभागी ति नेताका अनुसार अध्यक्ष ओलीले एकीकृत पार्टीमा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति बनाउने समझदारी भएको जानकारी गराए।

एकीकृत पार्टीको स्थायी समितिमा २५ जना एमाले र १८ जना माओवादीबाट सदस्य रहने सहमति भएको छ। दुई अध्यक्षले अहिले पोलिटब्यूरो नबनाउने निर्णयसमेत गरेका थिए।

बिहान अध्यक्षहरुको बैठकपछि एमालेले स्थायी समिति बैठक बोलाएको थियो। सम्भवत यो एमालेको अन्तिम स्थायी समिति बैठक हुने छ। भोलि एमाले माओवादी एकता संयोजन समितिको बैठक बस्ने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org