ताजा समाचार

एमाले र माओवादीको एकता संयोजन समितिको बैठक सुरु : आजै दुई दलले पार्टी एकता घोषणा गर्ने

 

काठमाडौं,३ वैशाख । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले दुई दलका अध्यक्षबीच भएको सहमतिलाई अनुमोदन गर्नेछ।

बैठक लगत्तै एकीकृत पार्टीको विधान, संठनात्मक ढाँचा, चुनाव चिन्ह र झण्डा लगायतका विषयमा दुई अध्यक्षले हस्ताक्षर गरेर सहमति भएको दस्तावजे दुवै दलको केन्द्रीय समिति बैठकबाट पारित हुनेछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबीच ४४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति भइसकेको छ । सम्पूण प्रक्रीया पूरा गरेपछि आजै  दुई दलले पार्टी एकता घोषणा गर्ने भएका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org