ताजा समाचार

अख्तियारका तत्कालिन प्रमुख अायुक्त दिप बस्न्यातले मेरो आय ब्यय बंग्याए : चुडामणि शर्मा

 

काठमाडौं, ३ जेठ । आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफुसंग भएको सम्पत्तिको आय र ब्यय बंग्याएर बदनाम गर्ने प्रपञ्च रचेको बताएका छन् ।

शर्माले ०४२ सालदेखि आफुमा भएको ज्ञान, बुद्धि, सीप, विवेक, मेहनत र संघर्षले वैधानिक आयआर्जन गरी सामान्य जीवन यापन गर्दै आएको कर्मचारीलाई अख्तियारका तत्कालिन प्रमुख आयुक्त दिप बस्न्यातले आफ्नो निहित स्वार्थका लागि फसाउने रणनीति बनाएको दावी गरे ।

‘कडा परिश्रम र पौरख गरि जिविकोपार्जन गरिरहेको इमान्दार, मेहनती, राष्ट्रप्रति वफादार, नैतिकवान, कर्तव्यनिष्ट कर्मचारीलाई अख्तियारका प्रमुख आयुक्त दिप बस्न्यातको निहित स्वार्थका लागि फसाउने काम भएको छ’ शर्माले न्युज नेपालसंगको कुराकानीमा भने ।

अख्तियारले आफुमाथि पदीय मर्यादा विपरित भ्रष्टाचार गरेर अकुत सम्पति कमाएको आरोपमा विशेष अदालत बबरमहलमा आरोपपत्र दायर गर्दा सम्पत्तिको मूल्यांकन तथा अनुसन्धान सम्बन्धी कार्य निर्देशिका २०७० तथा प्रचलित कानुन, मूल्य मान्यता, मापदण्ड तथा अभ्यासलाई वेवास्ता गरेको बताए । ‘वास्तविक आय घटाएर न्यून बनाई बास्तविक रकम बंग्याएर मुद्दा दायर भएको छ । घर निर्मँणमा १ करोड २ लाख ३४ हजार १ सय ८० रूपैया खर्च लागेपनि २ करोड ६ लाख ४७ हजार ८ सय ९१ रूपैया खर्च भएको देखाइएको छ’ शर्माले भने ‘४७ लाख १३ हजारमा खरिद गरेको रजिष्टेशन लिखतलाई १ करोड २३ लाख १३ हजारमा किनेको देखाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएवापत २३ लाख ९३ हजार १ सय २३ रूपैया ब्याज तिरेपनि ३३ लाख ८९ हजार ३ सय ६५ रूपैया तिरेको देखाई झुठ्ठा र गलत तथ्याङ्क देखाएर आरोपपत्र दायर गरिएको छ ।’

घर निर्माण गर्दा आफुले सहरी विकास तथा भवन निर्माण विभागले बनाएको मापदण्डलाई पूर्णरुपमा परिपालन गरेपनि अख्तियारबाट खटिएका घर निर्माण मूल्यांकन प्राविधिकले आफ्नो पेशागत मूल्य मान्यता विपरित हचुवाको आधारमा मनोमानी ढंगले घर निर्माणको कुल मनोमानी ढंगले घर निर्माणको कुल लागत बताइदिएको आरोप शर्माले लगाए ।

शर्मासंगको अन्तर्वाता हामी केहि समयपछि प्रकाशन गर्ने छौ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org