ताजा समाचार

 अाफ्नाे वरियता खोसिएकोमा झलनाथ खनालले जनाए आपत्ति 

 

 

काठमाडौं, ७ जष्ठ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना वरियता खोस्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

आज बसेको केन्द्रीय सचिवालयको बैठकमा खनालले वरियता खोस्ने निर्णयप्रति आपत्ति जनाउदै निर्णयको पुनर्विचार गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीपछिको वरियतामा उनलाई राखिएको थियो । तर एमाले र माओवादी एकता घोषणा हुँदा खनाल चीन गएका थिए ।

अहिले भने नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डपछिको वरियतामा माधवकुमार नेपाल आएका छन् भने खनाल त्यसपछि छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org