ताजा समाचार

कामदारमाथि आर्थिक भार थोपरिने अपराधको अन्त्य गर्न केही समय भिसा रोकियो

 

काठमाडौं,९ जेठ । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदारमाथि आर्थिक भार परिरहेको भन्दै
केही समय मलेसिया जाने प्रक्रिया बन्द गराएरै छाड्ने अठोट लिएका छन् ।

सिन्डिकेटधारीविरुद्धको कारवाहीबाट सरकार पछि नहट्ने भन्दै श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदारमाथि आर्थिक भार थोपरिने गरी भइरहेको अपराधको अन्त्य गर्नका लागि यस्तो प्रकिया अपनाएका हुन् ।

अहिले भने मलेसिया जाने कामदारको भिसा प्रक्रिया एक साताका लागि बन्द गरिएको छ । सरकारले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग पैसा असुल्न अवैधानिक रुपमा खडा गरिएका विभिन्न संस्थामाथि अनुसन्धान गरिरहेको छ । बायोमेट्रिक र वानस्टप सेन्टरका अध्यक्षसहित ३९ मेडिकल सेन्टरका सञ्चालकहरु हिरासतमा छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org