प्रदेश नं २ मा ‘बालबालिकाको अवस्था कहालिलाग्दो’
जनकपुरधाम, ९ जेठ । प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेको प्रति ध्यानाकर्षण गराइएको छ ।
तथ्यांकनुसार प्रदेशमा प्रजनन दर, नवजात शिशु, शिशु र बाल मृत्युदर कहालिलाग्दो छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३.० प्रतिशत छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिका उमेरअनुरूप उचाइ नपुगेका ३७ र छ महिनादेखि ५९ महिनाको बालबालिककामा कुनै न कुनै किसिमको रक्तअल्पता भएको ५९ प्रतिशत देखिएको छ । प्रदेशमा बालबालिकामा अशिक्षा, बालश्रम, बालविवाह, ओसारपसार, परिवारविहीन, अनाथ, यौन दुव्र्यवहार तथा व्यावसायिक यौनशोषण, शारीरिक दण्डसजाय, हेपाइ, घरेलु हिंसा, मनोसामाजिक लागुपदार्थ दुव्र्यसन, उपेक्षा, कुलत, गर्भपतन, कुपोषण, अपहरण, खाद्य बानी र बेवास्ता मुख्य विषय रहेको पाइएको छ ।
एक तथ्यांकानुसार प्रदेशका २० लाखभन्दा अधिक बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । प्रदेश नं २ सामाजिक मन्त्रालयद्वारा आज यहाँ आयोजित बालबालिकाको अधिकारसम्बन्धी अन्तरक्रियामासो जानकारी दिइएको हो ।
सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले बालबालिकाप्रति अपेक्षाकृत संवेदनशीलतामा कमीका कारण ति नको अवस्था कहालिलाग्दो छ भन्दै बालबालिकाको अधिकारको वकालत गर्नेहरू नै बालबालिकाको अधिकारप्रति सजग नरहेको विचार राखे ।उनले कानून नियन्त्रणमा लिन खोज्नेहरु नै बालश्रमिक राख्न उद्यत देखिएको अवस्थामा यसप्रति सबैमा सकारात्मक सोच र परिवर्तनको आवश्यकता छ भने ।
सामाजिक विकासमन्त्री नवलकिशोर साहले बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, नैतिक तथा बौद्धिक विकासमा नकारात्मक असर पर्ने खालका कुनै पनि कार्यबाट जोगाउन सबैको अग्रसरता आवश्यक भएको बताए । मन्त्रालयका सचिव डा किरण रुपाखेतीले बाल संरक्षणका विषयको पहिचान र रोकथाम, जोखिम न्यूनीकरण, उचित सम्बोधन र सम्मानप्रति गम्भीर हुनुपर्ने धारणा राखे । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले सचेतना पुग्नुपर्ने ठाउँमा अझै नपुगेको, कानूनी व्यवस्थाको कार्यान्वयनको अभाव र संरचना साधन स्रोतसम्पन्न नहुनाले पनि समस्या बढ्दै गएको बताए । रासस
Comments
अरु समाचार
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...