ताजा समाचार

निपा भाइरस लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमा जानसक्ने

 

 

के हो निपा भाइरस ? के बाट सर्दछ यो भाइरस ?

निपा भाइरस खासगरी फ्रूट ब्याटु भनिने एक प्रकारको चमेरोमा पाइन्छ। एनआईभी भनिने निपा भाइरसको संक्रमणले यो राेग चमेरोबाट मानिसमा सर्दछ।

घातक निपा भाइरस संक्रमणका कारणले अहिले भारतकाको दक्षिणी राज्य केरलामा मर्नेको संख्या १२ पुगिसकेको छ। भाइरस संक्रमण भएको आशंकामा अन्य ९४ जनाको घरमा विषेश तरिकाले निरगरानी गरिएको छ भने १७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमणबाट बच्न तरिका
याे रोगकाे संक्रमणबाट बच्न  बिरामी बङ्गुर तथा चमेराको सम्पर्कबाट टाढा रहनु पर्दछ ।

भूइँमा झरेका फलफूल नखाने ।

यसका लक्षणमा

यसका लक्षणमा ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी तथा मानसिक असन्तुलन पर्दछन्।

लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमा मा जान सक्छ।

याे राेगकाे उपचार भने अहिले सम्म पत्ता लागेकाे छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org