सुन तस्करका पक्षमा बहस गर्ने पुुर्व ‘महान्यायाधिवक्ता रमन श्रेष्ठ लगायत सबैलाई कारबाही गर्छु गृहमन्त्री थापा
विराटनगरः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजवादका वाधक तत्त्व आफ्नै पार्टीभित्र पनि रहेको उल्लेख गर्दै तिनलाई छानीछानी सिध्याइने चेतावनी दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी मोरङको कार्यालयमा शुक्रवार साँझ आयोजित कार्यकर्ता भेलामा गृहमन्त्री बादलले वाधक तत्त्वलाई नसिध्याई समाजवाद स्थापना नहुने भएकाले तिनलाई सिध्याइने घोषणा गरेका हुन्।
‘अबका समाजवादका वाधक भनेका कुनै एउटा पार्टी विशेषमा मात्र सीमित छैनन्’, मन्त्री थापाले भने, ‘ती काङ्ग्रेस, राप्रपा र हाम्रा पार्टीभित्र पनि हुनसक्छन्। तिनलाई नसिध्याई र तिनको भण्डाफोर नगरी समाजवादको स्थापना हुन सक्दैन।’
सुन तस्करका पक्षमा बहस गर्नेहरुलाईसमेत नछाड्ने उनको चेतावनी थियो। ‘महान्यायाधिवक्ता भइसकेका व्यक्ति रमन श्रेष्ठ र मोरङकै एक प्रदेश सभा सांसद्ले सुन तस्करका पक्षमा वकालत गर्नुभएछ। सुन तस्करहरू समाजवादका वाधक हुन्। उनीहरूलाई सिध्याइनेछ। अनि सुन तस्करका पक्षमा बहस गर्ने यस्ता साथीहरूलाई कारबाही गरिने छ,’ थापाले भने।
पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले भुजुङ गुरुङ र मोरङ क्षेत्र नम्बर २ बाट विजयी प्रदेश सभा सांसद् नेकपाका लीलावल्लभ अधिकारीले बालकृष्ण सञ्जेलका पक्षमा मोरङ जिल्ला अदालतमा बहस गरेका थिए।
गृहमन्त्री थापाले समाजवादका वाधकहरू तीन प्रकारका भएको बताए। जसअनुसार पहिलो प्रकारमा दलाल राष्ट्रिय पूँजीपति, जग्गा दलाल, सबै प्रकारका भ्रष्ट व्यक्ति, बिचौलिया, अपहरणकारी, फिरौती माग्नेहरू, सिन्डिकेटका नाममा एकाधिकार सञ्चालन गर्नेहरू, समयमा काम नगर्ने वा कामबाट भाग्ने ठेकेदारहरू अनि तिनका मतियार डिई र डिजीहरू तथा कालाबजारिया रहेको उनको ठहर थियो।
समाजवादका पहिलो प्रकारकै वाधकमा उनले सत्तामा बसेर घुस खाने कर्मचारी, मानव तस्कर, गिटीबालुवाका तस्करहरू, वैदेशिक रोजगारीमा ठगी गर्नेहरू र लागुऔषधका कारोबारीलाई पनि राखे। मुलुकलाई विखण्डनमा लान खोज्ने विखण्डनकारीहरू दोस्रो प्रकारका वाधक रहेको उनको स्पष्टोक्ति थियो।
‘तेस्रो प्रकारका वाधक तत्त्वमा सांस्कृतिक अपराधी पर्छन्’, गृहमन्त्री बादलको भनाइ थियो, ‘धार्मिक र सांस्कृतिक दङ्गा भड्काउन आफैँले आफैँलाई गोली हान्नेहरू, बोक्सीको आरोपमा निर्दोष महिलालाई जथाभावी खुवाउनेहरू, जातीय र छुवाछुतको भावना फैलाउनेहरू, चेलीबेटीलाई अपमान र दुव्र्यवहार गर्नेहरू तेस्रो प्रकारका वाधक हुन्।’
उनले भने, ‘पहिले–पहिले समाजवादका वाधक तत्त्व भनेका जमिन्दार र सामन्त वर्ग थिए। हामीले तिनका विरूद्ध सङ्घर्ष गर्यौँ, ती पृष्ठभागमा पुगेका छन्। अब नयाँ वाधकहरू पैदा भएका छन्। तिनलाई सिध्याउन र तिनको भण्डाफोर गर्न आवश्यक छ।’
मन्त्री थापाले दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटा नयाँ र सशक्त पार्टीको जन्म समाजवादी गणतन्त्रको स्थापना गर्न भएको धारणा प्रकट गरे।
सामन्तवादको प्रतिनिधि संस्था रहेको राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि दुई पार्टीको एकीकरण नेपालको अर्को ठूलो परिघटना भएको उनको दृष्टिकोण थियो।
उनले भने, ‘यो एकता समाजवादी क्रान्ति सम्पन्न गर्न र समाजवादको निर्माण गर्न भएको हो। समाजवादी क्रान्तिको नेतृत्व यही पार्टीले गर्ने छ। यसका निमित्त नेतृत्व, कार्यदिशा र विचार आवश्यक थियो। त्यसैका लागि दुई ठूला पार्टीको एकीकरण गरिएको हो।’
थापाले नेकपाको अबको एकमात्र लक्ष्य समाजवादको निर्माण नै हो भन्ने दोहोर्याए। समाजवाद एउटा नयाँ युग तथा विकास र समृद्धिको उच्चतम अवस्था हो भन्ने उनको परिभाषा थियो।
नेता रामबहादुरले विकास, समृद्धि, स्थायित्व, सुशासन र शान्ति सुरक्षा गरी समाजवादका पाँच मुख्य आधार भएको बताए। यी पाँच मुख्य आधार एकअर्काको परिपूरक भएको उनको अभिमत थियो। शान्ति सुरक्षाको स्थापनाका लागि उनले मदिरामा पनि नियन्त्रण गरिने घोषणा गरे।
बादलले भने, ‘छिमेकी भारतको विहारमा त निषेध नै गरिएको छ। हामीले अहिले नियन्त्रण मात्र गर्ने भनेका छौँ। हाम्रै साथीहरू पनि बैठकमा आउँदा पूरै गह्नाएका र सेन्ट छर्केर आएका हुन्छन्। मदिराले हाम्रो अनुशासन कमजोर बनेको छ। कुलतमा फँसेर जनताले गल्ती गरेका छन्। धेरैका घर बरबाद भएका छन्। जनतासित सम्बन्धित यस्ता मिस्टेकलाई सच्याउने हो।’ विकास र समृद्धिका लागि मदिरा नियन्त्रण र लागुऔषधलाई निषेध गर्नु अनिवार्य रहेको उनले बताए।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...
-
झापामा डेङ्गीको सङ्क्रमणबाट दुईजनाको मृत्यु
काठमाडौं । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको तेस्रो पूर्ण बैठक आइतबार सम्पन्न
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमीटि अध्यक्ष खड्ग बहादुर...
-
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ...