दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा वास्तविक रहस्य सार्वजनिक हुन सकेन
तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० सदस्यको हत्या भएको आज १७ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्रसँगै रानी ऐश्वर्या, युवराज दिपेन्द्र र निराजन, युवराज्ञी श्रुतिसहित राजपरिवारका १० जनाको हत्या भएको थियो ।
राजा विरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड भएको १६ वर्ष पूरा हुँदासमेत हत्याकाण्डको बास्तविक रहस्य सार्वजनिक हुन सकेको छैन्।
दरवार हत्याकाण्डको छानबिन गर्न गठित समितिले युवराज दिपेन्द्रले नसाको सुरमा उक्त हत्याकाण्ड मच्चाएको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर अधिकांश नेपालीले त्यसलाई पत्याएका छैनन्। नेपालमा मात्र नभई विश्वमा नै चर्चित बनेको दरवार हत्याकाण्डको रहस्य अहिले पनि गर्भमै छ।
सबैले दरबार हत्याकाण्डमा षड्यन्त्र भएको बताउने गरेका छन्। तर, त्यो षड्यन्त्र कसले ग¥योरु यथार्थ सार्वजनिक गर्ने हिम्मत कसैले गरेका छैनन्। दरवार हत्याकाण्डपछि दर्जनौं पटक सरकार परिवर्तन भए पनि त्यसको वास्तविकता खोजी गर्ने आँट कुनै सरकारले गरेको छैन।
वीरेन्द्रको परिवारको वंशनाससँगै ०६२(०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेर मुलुकमा गणतन्त्र स्थापना गरेको छ। मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। दुई सय ४० वर्से शाह वंशिय राजतन्त्रको अन्य भएसँगै पूर्व राजा ज्ञानेन्द्र शाह नागरिक सरह नागार्जुनमा बस्दै आएका छन्।
हत्याकाण्डपछि प्रमाण नष्ट गरेको आरोप पूर्वराजा ज्ञानेन्द्रमाथि लाग्दै आएको छ। विरेन्द्रको हत्या भएपछि राजकाज सम्हालेका तत्कालिन राजा ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन दिएका थिए। ०५८ सालमा लागेको ताल्चा ०६५ सालमा मात्र खोलिएको थियो।
दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि सरकारले हत्याकाण्ड लगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्ड स्थलमा त्रिभुवन संग्रहालय निर्माण गरेको छ।
उक्त संग्रहालय खुलेदेखि अहिलेसम्म स्वदेशी तथा विदेशी गरेर २७ लाख ६५ हजार ६ सय ५१ जनाले अवलोकन गरिसकेका संग्रहालयका प्रमुख रोहित ढुंगानाले जानकारी दिए।
दरवार हत्याकाण्डपछि तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइराला, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले दरबार हत्याकाण्डको छानविन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर १७ बर्ष बितिसक्दासमेत नेताहरुको
Comments
अरु समाचार
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू :अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई अनुरोध गरेको छ।...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...












