रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी
पेरिस, फ्रान्स, १९ जेठ। रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ ।
रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको एक गोप्य सूचनालाई उद्धृत गर्दै उक्त दैनिकले आफ्नो शुक्रबारको अङ्कमा लेखेको छ ।
यस समाचार रिपोर्टप्रति फ्रान्सको राष्ट्रपतिको कार्यालयका साथै विदेश मन्त्रालयबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।
खाडी क्षेत्रका शक्तिराष्ट्रहरू बहराइन, संयुक्त अरब इमिरेट्सलगायतको सहयोगमा साउदी अरबले अतिवादी इस्लामिक समूहहरू तथा इरानसँग निकट भएको आरोपमा कतारसँगको सम्बन्धलाई गत वर्षको जुनदेखि विच्छेद गरेको घोषणा गरेको छ ।
इरानलाई रियादको क्षेत्रीय प्रतिस्पर्धीका रूपमा हेरिने गर्छ । आफूमाथि लागेको आरोपको कतारले खण्डन गर्दै केही खाडीमुलुकले लगाएको आर्थिक नाकावन्दी अन्यायपूर्ण भएको बताउदै आएको छ । खाडी मुलुकहरूले एक्लाइरहेका वेला कतारले रूस लगायतका नयाँ सहयोगीहरूको खोजी गरेको छ।
कतारले यही वर्षको जनवरीमा मस्कोसँग अत्याधुनिक एस–४०० हतियार प्रणालीका बिषयमा छलफल चलिरहेको बताएको थियो । त्यतिवेला छलफल निकै अघि बढिसकेको बताइएको थियो ।
ले मोन्डेले भनेको छ, “साउदी राजा सलमानले हतियार खरिदबारे गहिरो चासो व्यक्त गर्दै फ्रान्सेली राष्ट्रपतिलाई लेखेको पत्रमा यसले क्षेत्रीय द्वन्द्वलाई बढाउने खतरा रहेको चेतावनी दिइएको छ ।” पत्रमा साउदी अरबले उक्त हतियार प्रणालीलाई नष्ट गर्न जुनकुनै उपाय अवलम्बन गर्ने र कतार विरुद्ध सैन्य कारबाही गर्न तयार हुने बताएको पत्रिकामा उल्लेख गरिएको छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...